धनगढी। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखले उम्मेदवारी घोषणा गरेका छन्। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) र उपप्रमुख शुशिला मिश्र भट्टले सुदूरपश्चिम (महिला)केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
नगर प्रमुख वड नेपाली कांग्रेस नगर समितिका सभापति समेत भइसकेका छन् । धनगढी उपमहानगरमा दैनिक भैरहेने गतिबधिलाई नगर सम्पदान कार्यमा देशभर उत्कृष्ठ नगरबनाइ अवार्ड पाउन सफल, कोभिड नियन्त्रण तथा रोकथाममा उत्कृट भुमिका निर्वाह गरेका थिए । एउटा सुन्दर र समृद्ध नगर बनाउने योजना अनुसार शुद्ध खानेपानी, शिक्षामा सामुदायिक विद्यालयको अवस्था सुधार, स्वास्थ्यका लागि सबैले सर्वसुलभ सेवा। गौरीफन्टा नाकाको स्तरोन्नतिको कुरा पनि धनगढी उपमहानगरपालिकाको लक्ष्य थियो।
तसै अनुसार नाकाको स्तरोन्नति गर्न पहल नगर प्रमुख वडले गरेका थिए । विद्यार्थी राजनीतिबाट सुरु गरेका उनले लामो समय पार्टीका विभिन्न गतिविधी प्रभावकारी रुपमा अघि बढाएका छन्। उनले पार्टी सुदृढीकरण, शसक्त र प्रभावकारी बनाउन आफनो उम्मेदवारी घोषणा गरेका हुन्। रिपोर्टस क्लबमा उनले केन्द्रीय सह–महामन्त्रीका आंकाक्षी मीन विश्वकर्मासँगै उम्मेदवारी घोषणा गरेका थिए ।नगर प्रमुख नृपबहादुर वडले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणासंगै उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई मतदानको लागि समेत अपिल समेत गरेका छन्। यस्तै, उपप्रमुख शुशिला मिश्र भट्टले नेपाल महिला संघकी नेतृ हुन्। उनीहरु दुवै प्रधानमन्त्री तथा वर्तमान पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका छन्।


