कैलाली। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागिता हुन सुदूरपश्चिमबाट करिब १५ सय कार्यकर्ता काठमाडौँ पुग्दैछन् ।
काठमाडौँमा यही मंसिर २४ देखि २७ गतेसम्म हुन गहिरहेको केन्द्रीय महाधिवेशनका लागि सुदूरपश्चिबाट करिब १५ सय जना सहभागि हुन लागेका छन्।
महाधिवेशनमा चार सय १६ जना महाधिवेशन प्रतिनिधी र ५ जना केन्द्रीय सदस्य गरेर चार सय २३ जना सहभागि हुन लागेको सुदूरपश्चिम प्रदेश अधिबेशन प्रचार–प्रसार विभाग संयोजक नृपबहादुर सुनारले बताए। महाधिवेशन प्रतिनिधिबाहेक अन्य कार्यकर्ता गरेर एक हजारभन्दा बढी महाधिवेशनमा सहभागिताका लागि गएको उनको भनाइ छ । यो संख्या अझै बढन् सक्ने उनले बताए ।