धनगढी। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काँग्रेस सुदूरपश्चिम प्रदेशको कार्य समिति सदस्यमा डाक्टर मेराज आलम निर्वाचित भएका छन्।
डाक्टर अन्सारीले लोकप्रिय मत ल्याउदै प्रदेशको कार्य समिति सदस्यमा निर्वाचित भएका हुन्। मुस्लिम तर्फबाट डाक्टर मेराज आलम अन्सारीले ५ सय २६ मत प्राप्त गर्दै काँग्रेस सुदूरपश्चिम प्रदेशको सदस्यमा निर्वाचित भएका हुन्।
जम्मा कुल खसेको १ हजार ३ मतमध्ये डाक्टर अन्सारीले ५ सय २५ मत ल्याएका थिए भने १ सय ३० मत बदर भएका थिए। डाक्टर अन्सारी धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका निर्देशक तथा बरीष्ठ सर्जन समेत रहेका छन्।