धनगढी। नेकपा एमालेमा रहेका पार्टिका बिभिन्न नेता तथा कार्यकर्ता लेखराजको साथ छोड्दै माओबादी केन्द्रमा प्रबेश गर्न थालेका छन् । लेखराज भट्टको गृह नगर रहेको कैलालीको गोदावरी क्षेत्रमा उनको साथमा रहेका बिभिन्न पार्टिका नेता तथा कार्यकर्ता एमाले छोड्दै फेरी माओबादीमा फर्किन थालेका हुन ।
यसैबिच आज गोदावरी वडा २ मा नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्ता माओबादी केन्द्रमा प्रवेश गरेका छन्। एमाले छाड्दै माओबादीमा प्रवेश गर्नेमा गोदावरी वडा न २ सचीव भुबनेश्वर भट्ट,नरेश भट्ट,न्यु ग्वाशी साहारा क्ल्ब अध्यक्ष केशव खड्का, न्यु प्रभाव युबा क्लबका अध्यक्ष बिरेन्द्र शाकी सहितका रहेका छन्।
एक कार्यक्रमबाट बिच उनीहरुलाई नेकपा माओबादी केन्द्रमा प्रवेश गरिएको माओवादी केन्द्र गोदावरी अध्यक्ष धर्म कुवरले जानकारी दिए । उनले अझै धेरै कार्यकर्ता एमाले छोडेर माओबादी केन्द्रमा प्रवेश गर्ने जानकारी दिए। कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्ट्ले स्वागत गरेका थिए ।


