धनगढी। नेपाली काँग्रेस सुदूरपश्चिमका प्रथम निर्वाचित सभापति बीरबहादुर बलायरले पार्टीलाई एकढिक्का बनाउने बताएका छन्। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत भएको सुदूरपश्चिम प्रदेश अधिबेसनमा सभापतिमा बिजय भए पश्चात प्रतिक्रिया दिदै उनले सो कुरा बताएका हुन् ।
पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका बलायरले प्रदेशमा पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको जानकारी दिए। साथै उनले नजिकै आउन लागेको अद्यावधिक निर्वाचनलाई पार्टीले महत्वका साथ लिएकाले सुदूरपश्चिममा पनि तिव्रताका साथ तयारीमा लाग्ने पनि बताए।
आइतबार सम्पन्न मतपरिणाम अनुसार प्रतिद्धन्द्धी नारायणदत्त मिश्रलाई फराकिलो मत अन्तरले पराजित गर्दै बलायर सुदूरपश्चिम प्रदेशको पहिलो सभापतिका रुपमा निर्वाचित भएका हुन्। मतगणना अनुसार बलायरको पुरै प्यानल बिजयी भएको छ। कूल खसेको १००३ मतमा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायरले ६८८ मतपाएर विजयी भएका हुन् । भने उनका प्रतिद्वन्द्वी पौडेल पक्षका मिश्रले २८० मत पाएर पराजय भएका छन् । देउवा प्यानलबाट चुनाव लडेर बलायर पहिलो सभापति बनेका हुन्।