धनगढी। नेपाली काँग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन्। उनी आफ्ना प्रत्याशी पौडेल पक्षका नारायणदत्त मिश्रलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । हिजो राति देखी जारी मतगणना अनुसार बलायरको पुरै प्यानल बिजयी भएको छ।
कूल खसेको १००३ मतमा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायरले ६८८ मतपाएर विजयी भएका हुन् । भने उनका प्रतिद्वन्द्वी पौडेल पक्षका मिश्रले २८० मत पाएर पराजय बेहोर्नुपर्यो। यस्तै उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन्। चौधरीले ६१० र अवस्थीले ५२३ मत पाएका छन्। महामन्त्रीमा भने नरनारायण शाह र मेघराज खड्का विजयी भएका छन्। शाहले ६४८ र खड्काले ६३५ मत पाएका छन्। सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेले जित हात पारेका छन्।
जम्मा खसेको मत-१००३
बिरबहादुर बलायर ६८८ (विजयी)
नारायण दत्त मिश्र -२८०
उपसभापति
गोपाल सिंह गुरुङ -२८१
जनकराज चौधरी -६१०(विजयी)
मन बहादुर रावल -२६३
लोकराज अवस्थी -५२३(विजयी)
हिम बहादुर रावल-१२१
महामन्त्री
नरनारायण शाह मनु -६४८(विजयी)
प्रताप गुर्धामी-१३३
मेघराज खड्का-६३५(विजयी)
राम बहादुर शाही -३०३
सहमहामन्त्री
गोपाल दत्त भट्ट-५२९(विजयी)
चिन्तामणि भट्ट -५३३(विजयी)
नरेन्द्र प्रसाद भट्ट-२१२
पदम राज पन्त-२५४
लक्ष्मण बहादुर शाही -१६४
हर्क बहादुर स्वार-६८
सहमहामन्त्री
अम्बिका कुमारी चलाउने-६८६(विजयी)
खिना भण्डारी -२२३