धनगढी। नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको मत परिणाम अनुसार बलायर प्यानलले अग्रता लिएको छ । सुदूरपश्चिम अधिवेशनको मत परिणाम अनुसार ६०६ मत गणना गर्दा संस्थापन अर्थात (देउवा पक्ष)का वीरबहादुर बलायर अगाडी रहेका छन्।
बलायरले सुरुवातदेखि नै अग्रता कायमै राखेका छन्। संस्थापन पक्षका वीरबहादुर बलायरको ४१४ मत र पौडेल पक्षका नारायणदत्त मिश्रको १७३ मत रहेको छ। बलायर प्यानलले सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै लगेको छ।
बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर २४१ छ। उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी,महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह(महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता रहेको छ।


