धनगढी। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनको मतगणना कार्य जारी छ । नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको मत परिणाम अनुसार ५०० मत गणना गर्दा संस्थापन अर्थात (देउवा पक्ष) का वीरबहादुर बलायर अगाडी रहेका छन् ।
बलायरले सुरुवातदेखि नै अग्रता कायमै राखेका छन्। ५ सय मतगणना गर्दा सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको १९३ मतान्तर फराकिलो छ।जम्मा खसेको मत १००३ मा अहिलेसम्म सभापतिको वीरबहादुर बलायरको ३४२ मत र इतर पक्षका नारायणदत्त मिश्रको १४९ मत रहेको छ।
यस्तै उपसभापति – गोपालसिंह गुरुङ (१३४) मत ,जनकराज चौधरी (३२०), मानबहादुर रावल (१२७),लोकराज अवस्थी (२७७), हिमबहादुर रावल (५६) महामन्त्री-नरनारायण शाह मनु (३२१)मत, प्रताप गुर्धामी(१०९), मेघराज खड्का (३२९),रामबहादुर शाही (१६२), सहमहामन्त्री- गोपालदत्त भट्ट(२८४),चिन्तामणि भट्ट (२७४), नरेन्द्रप्रसाद भट्ट(१११), पदमराज पन्त (१२८), लक्ष्मणबहादुर शाही ( ८२), हर्कबहादुर स्वार(४०), सहमहामन्त्री- अम्बिकाकुमारी चलाउने(३४४),खिना भण्डारी (११८) मत रहेको छ ।