धनगढी। नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि भएको मतदानमा कुल १ हजार २६ मतदातामध्ये एक हजार ३ मत खसेको छ।
शनिबार धनगढीस्थित निर्माण व्यवसायी संघ कैलालीको हलमा बिहान ९ बजेबाट ३ बजे सम्म मतदान गर्ने समय तोकिएपनी ब्यवस्थापन ढिलाइले १० बजे देखी ४ बजेसम्मको समय सिमा तोकेको निर्वाचन अधिकृत बिरबहादुर जेठाराले जानकारी दिए।
एक हजार १७ मतदाता रहेको मतदानमा २३ जना अनुपस्थित थिए । केही समयमा दुबै पक्षसँग निर्वाचन समितिको छलफलपछि मतगणनाको विषयमा टुंगो लाग्ने कैलाली काँग्रेसका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताए ।
५९ जना सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि १ सय ७७ जनाले उम्मेदवारी दिएका थिए ।संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिमसहित चुनावमा होमिएको तियो भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहित चुनावी उत्रिएको मैदानमा थियो।
प्रदेश निर्वाचन समितिका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ। ८ पदाधिकारीमा १९ जनाको उम्मेदवारी परेको छ। यस्तै ४८ प्रदेश सदस्यका लागि १६० जनाले उम्मेदवारी दिएका छन्। ५९ सदस्यीय कार्यसमिति चयन हुने भए पनि तीन जना भने निर्विरोध चयन भएकाले अब ५६ पदका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ। कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका हुन्।
https://www.facebook.com/state7online/videos/323938979279157