धनगढी। कैलालीका १३ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रको सम्मेलन सम्पन्न भएको छ।प्रथम ऐतिहासिक सम्मेलनबाट १३ वटै पालिकामा नयाँ नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ।
प्रथम ऐतिहासिक सम्मेलनबाट स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ। सम्मेलनबाट १३ वटै स्थानीय तहमा अध्यक्षमा चुनिएका हुन्। सुदुरपीश्चमकै एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा अध्यक्षमा सुरज खाती र सचिव रमेश प्रसाद भट्टराई निर्वाचित भएका छन् ।
यस्तै कैलालीको गोदावरी नगरपालीकामा अध्यक्षमा धर्म कुवर, चुरे गाउँपालीकामा अध्यक्षमा हर्क नेपाली, गौरिगङ्गा नगरपालीकामा अध्यक्षमा देबि कडेल, कैलारी गाउँपालीकामा अध्यक्ष बतासु चौधरी, भजनी नगरपालीकामा अध्यक्ष पर्शुराम चौधरी, यस्तै घोडाघोडी नगरपालीकामा अध्यक्ष खगेन्द्र हमाल, बर्दगोरिया गाउँपालीकामा अध्यक्षमा राम बहादुर साउँद निर्वाचित भएका छन्। जोशिपुर गाउँपालीकामा अध्यक्षमा दीर्घ बिनाडी, मोहन्याल गाउँपालीकामा अध्यक्ष देबिचन्द्र उपाध्याय, लम्कीचुहा नगरपालीकामा अध्यक्ष लाल कुमाल, जानकी गाउँपालीकामा अध्यक्षमा ज्ञानु कुवर तथा टिकापुर नगरपालीकामा अध्यक्षमा खडक शाह चयन भएका छन्।


