धनगढी। नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिकालागि संस्थापन र इतर पक्ष प्यानलसहित आज चुनावी मैदानमा होमिने भएका छन् । जसका लागी आज मतदान हुँदैछ।
सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी छ । सर्बसहमतीबाटै प्रदेशको नेतृत्वका लागी छलफल चलेपनि भागबण्डा नमिलेपनि संस्थापन र संस्थापन इतर पक्ष चुनावमा जाने भएका हुन् ।
प्रधानमन्त्री तथा काग्रेंस सभापति शेर बहादूर देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेशको पहिलो कार्य समितिका लागी दुई प्यानल मैदानमा उत्रेका छन् । संस्थापन पक्षमै धेरै आकाक्षीं देखिएका नेताहरु पछी हटेपछि पुर्ब मन्त्री बिर बहादूर बलायरलाई सभापति बनाउने सहमती भएको हो। सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरूबिच शुक्रवार बिहानदेखि नै छलफल भइरहेको थियो । तर भागभण्डामा कुरा नमिलेपछि चुनाब हुन लागेको हो ।
नेपाली काँग्रेस सुदूरपश्चिमका उम्मेदबार चयनका लागि मतदान धनगढीको निर्माण व्यवसायी संघ कैलालीको सभा हलमा हुने भएको छ । पार्टी व्यबस्थापनले ओम प्यालेसको हल १६ र १७ गते सम्मको लागि मात्रै बुक भएकोले कार्यक्रम तालिका बढेकोले मतदान कार्यक्रम निर्माण व्यबसायी संघ कैलालीको हलमा राखिएको होे। संस्थापन पक्षबाट प्रदेश अध्यक्षमा वीरबहादुर बलायर, उप सभापतिमा जनक चौधरी ,लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह, मेघराज खड्का सह महामन्त्रीमा गोपाल भट्ट सहमहामन्त्रीमा अम्बिका चलाउने रहेका छन् । सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच बिहीबारदेखि नै छलफल भइरहेको थियो । भने पौडेल पक्षबाट प्रदेश उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सह महामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छनोट गरिएको छ । मतदान आज (शनिवार) बिहान ९ बजेदेखि सुरु हुने जनाएको छ ।