धनगढी : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहिच चुनावी मैदानमा होमिने भएका छन् । सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी छ ।
संस्थापन पक्षबाटै आधा दर्जन बढी सभापतिका आकाक्षीं देखिएपनि नेताहरुले छलफलबाट संस्थापन पक्षको एक प्यानल मात्रै बनाएका हुन् । सर्बसहमतीबाटै प्रदेशको नेतृत्वका लागी छलफल चलेपनि भागबण्डा नमिलेपनि संस्थापन र संस्थापन इतर पक्ष चुनावमा जाने भएका हुन् ।
प्रधानमन्त्री तथा काग्रेंस सभापति शेर बहादूर देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेशको पहिलो कार्य समितिका लागी दुई प्यानल मैदानमा उत्रेका छन् । संस्थापन पक्षमै धेरै आकाक्षीं देखिएका नेताहरु पछी हटेपछि पुर्ब मन्त्री बिर बहादूर बलायरलाई सभापति बनाउने सहमती भएको हो ।
संस्थापन पक्षबाटै धेरै उम्मेदवार भएर चुनावमा जान नचाहेका बलायरलाई संस्थापन पक्षको एक्लो उम्मेदवार बनाएपछि उनि सभापतिका लागी चुनावी मैदानमै उत्रेका हुन् । संस्थापन समूहका नेताहरुको छलफलपछि बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन् । नेताहरु सबैको जोड सभापति लड्नुपर्छ भन्ने भएपछि आफू सभापतिको उम्मेदवार बनेको बलायरले बताए । काँग्रेसको नाममा सूर्यमा भोट हाल्ने प्रवृत्ति अन्त्य गर्न र सुदूरपश्चिममा कांग्रेसको संगठनलाई शसक्त बनाउन मेरो उम्मेदवारी रहेको बलायरले बताए ।
आज आन्तरिक निर्वाचनमा सहभागी हुने अनी पराजित भएपछि आम निर्वाचनमा देखाउने काग्रेंसी परिपाटी अन्त्य हुन्छ बलायरले भने ‘म कम्युनिस्ट आएको देखी सक्दैन अनी काग्रेंसले कम्युनिस्टलाई भोट हालेको कसरी देख्ला अब त्यो सम्भावनाको अन्त्य हुन्छ ।’ काग्रेंस एकताबद्ध भएर चुनाव लड्छ बलियो पार्टी बन्ने उनको भनाइृ छ ।
संस्थापन पक्षबाट प्रदेश अध्यक्षमा वीरबहादुर बलायर, उप सभापतिमा जनक चौधरी ,लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह, मेघराज खड्का सह महामन्त्रीमा गोपाल भट्ट सहमहामन्त्रीमा अम्बिका चलाउने रहेका छन् । सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच बिहीबारदेखि नै छलफल भइरहेको थियो ।
तर भागभण्डामा कुरा नमिलेको भन्दै संस्थापन इतर पक्षले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा पक्ष पनि चुनावमा होमिएको हो । संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छनोट गरिएको छ । सहमतीका नाममा हुने खाने र पैँसावाला लाई मात्र नेतृत्वमा पु¥याउने खेल भएपछि सहमती नभएको इतर पक्षको दावी छ ।
संस्थापन इतर पक्षबाट उप सभापतिमा उम्मेदवारी दिएका गोपाल गुरुङले सहमतीका नाममा हुनेखानेलाई मात्रै अगाडी सारिएपछि छुट्टै प्यानल दर्ता गरेको बताए । प्रदेशमा प्रथम पटक अधिवेशन हुँदैछ सहमतीबाट नेतृत्व छानौँ सबै एकताबद्ध बनौँ हामीले भनेकै हौँ उनले भने ‘सहमतीका नाममा टाउको सबै आफु लिने काम हुन थाल्यो अनी हामी बाहिरिएका हौँ, यो हुल, भिडले चुनाव जितिदैन अनी काग्रेंस काग्रेसं जस्तोपनि बन्दैन ।’
गुरुङ संस्थापन पक्षप्रति निकै आक्रोसित थिए । दलित, थारु, महिलालाई सभापति बनाऔँ हामी सहमती गर्न तयार छौँ उनले भने ‘सहमतीका नाममा ८ वटा गाडी भएको, १० वटा घर भएकोलाई रोजे हामी सहमतीमा जान्नौँ मैले भनेको छु काग्रेंसभित्रको यस्तो बिकृतीका बिरुद्ध जति जना हुनुहुन्छ हाम्रो प्यानललाई मत लिनुस काग्रेंस सुधार्छौँ ।’
सुदूरपश्चिम प्रदेशका कैलाली र अछाम बाहेक अन्य जिल्लाले नयाँ नेतृत्व पाइसकेको छ । ७ जिल्ला मध्ये बैतडी र बाजुरामा संस्थापन ईतर पक्ष निर्वाचित भएको छ भने, ५ जिल्लामा संस्थापन पक्षनै निर्वाचित भएको थियो ।