धनगढी। कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले देशमा राजनैतिक स्थायित्वकालागि काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार गठन भएको बताएका छन्।
आज धनगढीमा नेपाली काँग्रेस प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले काँग्रेसलाई प्रतिपक्षमा बस्न जनमत प्राप्त भए पनि संविधान र लोकतन्त्रको रक्षाका लागि काँग्रेसले सरकारको नेतृत्व गर्नु परेको बताए ।
आगामी निर्वाचनमा काँग्रेसलाई बहुमत प्राप्त हुने गरी सबै नेता कार्यकर्ताले एकताबद्ध भएर अघि बढ्नु पर्नेमा उनको जोड छ। मन्त्री बडूले मुलुकमा भएका ऐतिहासिक परिवर्तन काँग्रेसकै नेतृत्वमा भएको स्मरण गर्दै संसद् विघटन गरी देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने तत्कालीन नेकपाको प्रयासलाई काँग्रेसले विफल तुल्याएको बताए ।