दार्चुला। दार्चुलामा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन गरिएको छ । बिहीबार दार्चुला सदरमुकाम खलंगास्थित मोहतीमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन गरिएको हो।
पार्टी कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दिर्घ सोडारीले गरेका हुन्।


