धनगढी । नेकपा एमाले को केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २९ जना समेटिएका छन । सुदूरपश्चिमबाट एकजना पदाधिकारी, २५ जना केन्द्रीय सदस्य र तीन जना विभिन्न आयोगमा चयन भएका हुन् । एमाले केन्द्रीय कमिटी सचिवमा कैलालीका लेखराज भट्ट निर्वाचित भएका छन् ।
भने केन्द्रीय सदस्यमा भीम रावलसहित २५ जना निर्वाचित भएका छन् । रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा भने विजयी भएका हुन् । तर उनले केन्द्रीय सदस्यको सपथ ग्रहण भने गरेनन् । यस्तै केन्द्रीय सदस्यहरुमा
कर्णबहादुर थापा,नारदमुनि राना,गणेशसिंह ठगुन्ना,लालबहादुर थापा,राजेन्द्रसिंह रावल,निरुदेवी पाल निर्वाचित भएका छन् ।
यस्तै, भैरवबहादुर सिंह,झपट रावल, गौरी वली,प्रकाशबहादुर शाह, दयालबहादुर शाही,पुरनसिंह दयाल,झपट बोहरा,लीला भण्डारी,पठानसिंह बोहरा, लीलाधर भट्ट,इन्दु कडरिया,नरबहादुर धामी,कृपाराम राना,गौरीशंकर चौधरी,अफिलाल ओखेडा,कमला वली,कमला बोहरा र सन्तोष शर्मा सदस्यमा चयन भएका छन्। यस्तै अनुशासन आयोगमा हर्कबहादुर कुँवर,लक्ष्मी शाह,लेखा आयोग, बसुन्धरा रोकाया निर्वाचित भएका छन् ।