दार्चुला। दार्चुलामा विभिन्न कारणले आमा बुवा गुमाएर असहाय बनेका विद्यार्थी छात्रहरुका लागि नेपाली सेना साहारा बनेको छ।
मंगलबार जिल्ला सदरमुकाम खलंगा स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययनरत १५ जना असहाय छात्रहरुलाई नेपाली सेनाको विकास निर्माण कार्यदल गण-२ र गुरु गोरख गुल्म दार्चुलाले सयुक्त रुपमा शैक्षिक सामग्री तथा खेल सामग्री सहयोग गरेको विकास निर्माण कार्यदल गण-२ का गणपति रमेश गुरुङ्गले जानकारी दिए।उनका अनुसार शैक्षिक सामग्री तथा खेल सामग्री सहयोग गरेको बताएका छन। नेपाली सेनाको सामाजिक तथा जनहित कार्य अन्तरगत असहाय छात्रहरुलाई अध्ययन र खेलकुदको क्षेत्रमा सहयोग पुगोस भन्ने उद्देश्यले शैक्षिक सामग्री र खेलकुदका सामग्री सहयोग गरेको गुरु गोरख गुल्म दार्चुलाका गुल्मपति कृष्णचन्द्र ठकुल्लाले बताए।
महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययनरत रहि विद्यालयको असहाय छात्रबासमा बसीरहेका उनिहरुलाई नेपाली सेनाले आज सहयोग गरेको हो।साथै सेनाले महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै स्थित छात्रबासमा उनिहरु खेल्नका लागी ब्याडमिन्टन कोर्ट र टेबुल टेनिसबोर्ड निर्माण गरिएको पनि नेपाली सेनाले जनाएको छ।उक्त ब्याडमिन्टन कोर्ट र टेबुल टेनिसबोर्डको उद्घाटन महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुष्करराज जोशी र महेन्द्र नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष महादेव बडू कश्यपले सयुक्त रुपमा गरेका थिए। असहाय छात्रहरुलाई अन्य निकायबाट पनि सहयोग प्राप्त होस भन्ने उद्देश्यका साथ नेपाली सेनाले शैक्षिक र खेलकुदका सामग्री सहयोग गरेको हो।
नेपाली सेनाको गुरु गोरख गुल्म दार्चुलाले टेबुल टेनिस बोर्ड १, डोरमेट ८ थान, टोपी, मोजा, पञ्जा १४/१४ थान, स्टेशनरी, टिटि ब्याड सेट, नेट, बल, वाटर डिस्पेन्सर १ थान, वाटरजार १ थान, कप १४ सेट सहयोग गरिएको गुल्मपति ठकुल्लाले जानकारी दिए।यस्तै गुल्मपति ठकुल्लाले व्यक्तीगत रुपमा १५ जना असहाय छात्रहरुलाई ट्याकसुट सहयोग प्रदान गरेका छन।यस्तै विकास निर्माण कार्यदल गण-२ ले १५ थान डिक्सनरी, ब्याडमिन्टन ¥याकेट, कक, ब्याडमिन्टन जाली, प्लाष्टिक बाल्टी, ट्वाइलेट सफा गर्ने ब्रस, चेस सेट, लुडो सेट, स्ट्याण्ड सहितको क्यारमबोर्ड सहयोग गर्नुका साथै ब्याडमिन्टन र टेबुल टेनिस बोर्ड निर्माण गरेको गणपति रमेश गुरुङ्गले बताए। नेपाली सेनाले गरेको सहयोगको प्रसंसा गर्नु हुदै महेन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले विशेष रुपमा सेनालाई धन्यबाद दिएका थियो। नेपाली सेनाले सामाजिक र जनहित कार्य अन्तरगत असहाय बालबालिका, बृद्ध बृद्धा, समस्यामा परेका नागरिकलाई समय–समयमा विभिन्न सहयोग गर्दै आइरहेको छ।