काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
ओलीले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।सौराहामा आयोजित बन्दसत्रमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।पार्टी विधानअनुसार धारा ६६ (३) अनुसार उनलाई सपथ गराएका हुन्।
आफूले अध्यक्ष पदको सपथग्रहण लिए लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथग्रहण गराएका छन्। सौराहमा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।