धनगढी। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा सुदूरपश्चिमका ६ जना निर्विरोध निर्वाचित छन्। सुदूरपश्चिम प्रदेशमा भूगोलतर्फ एमालेका छ पुरुष केन्द्रीय सदस्यहरु निर्विरोध चयन भएका छन्।
महाधिवेशनमा तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि छ जना निर्विरोध भएका हुन। निर्विरोध हुनेमा भैरवबहादुर सिंह, राजेन्द्र सिंह रावल, नारदमुनि राना, लिलाधर भट्ट, झपटबहादुर बोहरा र अफिलाल उखेडा छन्। बझांगबाट प्रतिनिधि सभा सदस्य सिंह नवौ महाधिवेशनबाट पनि निर्वाचित केन्द्रीय सदस्य हुन्।
यस्तै यसअघि मनोनित रावल, कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य राना र सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री बोहरा पनि फेरि केन्द्रीय सदस्य भएका छन् । बैतडीबाट प्रदेश सभा सदस्य भट्ट र उखेडा भने पहिलो पटक केन्द्रीय सदस्य भएका छन् । कञ्चनपुरका डा. दीपकप्रकाश भट्ट, अछामका कृष्णप्रसाद जैसी, बाजुराका सहदेव बोगटीले उम्मेदवारी फिर्ता लिएका छन् ।