चितवन। नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत खुलातर्फ महिला सदस्यमा निर्वाचन नहुने भएको छ । ५३ सिटका लागि ५४ जनाको उम्मेदवारी परेकोमा अन्तिम समयमा अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिने भएकी छन्।
गहतराजले सर्वसम्मतिमै नेतृत्व चयन होस् भनेर आफूले त्याग गरेको बताइन्। उनले पद, प्रतिष्ठा भनेको पछि पनि प्राप्त हुन सक्ने जनाउँदै पार्टी एकताका लागि सन्देश दिन आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताइन् । उनले उम्मेदवारी फिर्ता लिने निर्णयसँगै तत्कालै आवश्यक प्रक्रिया पूरा गर्नेसमेत जानकारी दिइन्।
गहजतराज नेकपामा विवाद हुँदा माधवको पक्षमा थिइन् । सुदूरपश्चिम प्रदेश सभासदस्य रहेकी गजतराज पूर्वअर्थ राज्यमन्त्री हुन् । पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादी तर्फ सनाखत नगरेपछि उनले पदबाट राजीनामा दिएकी थिइन्। उनी प्रदेश कमिटी सदस्यपनि हुन्। ‘म प्रदेश कमिटी सदस्य पनि छु। धेरै सिनियर नेताहरु हुनुहुन्छ। त्यसैले म बाधक नबनेर उम्मेदवारी फिर्ता लिएकी हुँ’, उनले भनिन्, ‘पार्टी नै ठूलो कुरा हो हो । हिजो मन्त्री छोडे आज केन्द्रिय सदस्य त के हो र ?’


