काठमाडौं। एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने दुई नेता पदाधिकारीमा दावेदार भएपछि अटाउन सकेनन्। पूर्वमाओवादीका नेताहरुको व्यवस्थापन गर्नुपर्ने तथा अन्य आकांक्षी समेत धेरै भएपछि ओलीका विश्वास पात्र मानिने गोकुल बाँस्कोटा र महेश बस्नेत पदाधिकारीमा नअटाएका हुन्।
ओलीले बन्दसत्रमा पदाधिकारीको नामावली प्रस्तुत गर्दा बाँस्कोटा र बस्नेतको नाम उच्चारण गरेनन्। उनीहरू दुवै सचिवका दाबेदार थिए भने चुनाव चुनावी लबिङमा समेत उत्रिसकेका थिए ।


