चितवन। एमाले महाधिवेशनको बन्दसत्र हलबाट उपाध्यक्ष भीम रावल बाहिरिएका छन् । बन्दसत्र सुरु भएको केही बेरमै रावल बाहिरिएका हुन् । हलबाहिर अध्यक्ष केपी ओलीको समर्थनमा कार्यकर्ताले नारावाजी गरिरहेका छन्।
उनी अध्यक्षमण्डलको बैठकमा सहभागी हुन बाहिरिएको बताइएको छ । यसैबीच बन्दसत्रस्थल बाहिर अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नाराबाजी भएको छ । निर्धारित समयभन्दा ११ घन्टा पछि बन्दसत्र हलमा प्रवेश गरेका ओलीलाई कार्यकर्ताहरूले नाराबाजी गर्दै समर्थन जनाएका छन् ।
पहिलो दिनको बन्द सत्रले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित ३ सय १ सदस्सीय केन्द्रीय कमिटी सदस्यको नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो । सोही अनुासर सहमति जुटाउन छलफल जारी रहेकाले बन्दसत्र सुरु हुन ढिला भएको हो। बन्दसत्र हलवाट प्राधिकम पाएका अध्यक्ष ओलीले केही बेरमा १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम घोषणा गर्नेछन् । उक्त प्रस्तावलाई अनुमोदन गर्ने कि नगर्ने महाधिवेसन प्रतिनिधिले निर्णय लिने छन् ।