धनगढी। नेकपा माओवादी केन्द्र चुरे गाउँपालिका कमिटीको अध्यक्षमा हर्क नेपाली चयन भएका छन । माओवादी केन्द्र कैलालीको चुरे गाउँपालिकाको प्रथम नगर सम्मेलनबाट अध्यक्षमा नेपाली सर्वसम्मत चयन भएका हुन।
नेकपा माओवादी चुरेको प्रथम गाउँपालीका सम्मेलनबाट ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ। यस्तै गाउँपालिका कमिटिको उपाध्यक्षमा दिलिपबहादुर सिजापती मगर, खेम साउद, पदमा थापा मगर चयन भएका छन । यस्तै सचिवमा टेकेन्द्र बम रजवार, सह-सचीवमा नर बहादुर बि.क. र कोषाध्यक्षमा गोपाल धामी चयन भएका छन। सम्मेलनको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अतिथि रहेका थिए । एक कार्यक्रमका बिच मुख्यमन्त्री भट्टले चुरे गाउँपालिकाको प्रथम नगर सम्मेलन उद्घाटन गरेका थिए। कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट नेता तथा कार्यकर्ताको उपस्थीती रहेको थियो । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन अन्तरगत चुरेमा नयाँ नेतृत्व चयन गरिएको हो। माओवादीले मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ ।