कैलाली। सुदूरपश्चिम प्रदेशका ८८ पालिका मध्ये ३२ पालिकामा नेकपा माओवादी केन्द्रको नगर सम्मेलन टुङ्गिएको छ। अन्य ५६ पालिकामा भने मङ्सिर १५ गतेसम्म टुङ्गिने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी अध्यक्ष शरदसिंह भण्डारीको भनाइ छ ।
अछाम जिल्लाको एक नगरपालिका र दुई गाउँपालिकामा सम्मेलन सम्पन्न भएको छ । त्यस्तै डोटीको दुई नगरपालिका,चार गाउँपालिका, बैतडीको दुई गाउँपालिका, दार्चुलाको तीन गाउँपालिका, बझाङको एक गाउँपालिकामा सम्मेलन सम्पन्न भएको उनले बताए। डडेलधुरा एक गाउँपालिका, कञ्चनपुरको तिन गाउँपालिका, र कैलालीको १३ मध्ये १२ पलिकामा सम्मेलन सम्पन्न भएको छ।
३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र मुस्लिम भएको ठाउँमा ५ प्रतिशत पुर्याउनु पर्ने हुँदा पनि सम्मेलन सम्पन्न हुन केही ढिला हुन गएको उनको भण्डारीको भनाइ छ। अध्यक्ष भण्डारीका अनुसार उपमहानगरपालिकामा ७५,नगरपालिका क्षेत्रमा ६५,र गाउँपालिकामा ५५ सदस्यीय कमिटी निर्माण गरिएको छ। अछामको बान्नीगढीजयगढ गाउँपालिकामा जगत थापा नगर अध्यक्षमा निर्वाचित भएका छन् । उनको अध्यक्षमा ४५ सदस्यीय कार्यसमिति चयन गरिएको छ भने अन्य १० सदस्यीय चयन हुन बाँकी रहेका छन्।
अछामको कमल बजार नगरपालिकामा खड्ग सिंह भण्डारीको अध्यक्षतामा ६५ सदस्सीय कार्य समिति गठन गरिएको छ । दिपायल सिलगढी नगरपालिकामा अशोक कुमार सोप को अध्यक्षतामा ५७ सदस्यीय कार्यसमिति गठन गरेको छ भने अन्य ८ सदस्यीय पछि थप्ने गरी सम्मेलन टुङ्गिएको उनले बताए । कैलालीको जानकी गाउँपालिकामा ज्ञानु कँवर को अध्यक्षतामा ५५ सदस्यीय कार्य समिति गठन गरी सम्मेलन सम्पन्न भएको छ । अन्य स्थानहरूको नामावली आउने क्रम जारी छ १५ गते सम्ममा सबै स्थानीय तहको नामावली आइसक्ने उनको भनाई छ । नगर सम्मेलन सम्पन्न भएका पालिकाहरूमा सर्वसम्मति बाट कार्य समिति चयन गरिएको उनले बताए ।