धनगढी। नेकपा माओवादी केन्द्र धनगढी उप महानगर कमिटिको सचिवमा रमेश भट्टराई चयन भएका छन्। माओवादी केन्द्र कैलाली जिल्ला समन्वय समिति सदस्य समेत रहेका भट्टराई माओवादी केन्द्र धनगढी उप महानगरको प्रथम ऐतिहासिक सम्मेलनबाट सचिवमा चयन भएका हुन् ।
अखिल क्रान्तीकारी बिद्यार्थी संगठनका केन्द्रिय सदस्य, कैलाली ईन्चार्ज समेत भइसकेका भट्टराई पार्टीमा बिगत बषौँ देखी सक्रिय छन् । आज उक कार्यक्रमका बिच प्रदेशका उधोग पर्यटन, बन तथा वातावरण मन्त्री मान बहादू। धामीले सम्मेलनको उद्घाटन गरेका थिए । कार्यक्रममा पार्टीको प्रदेश कमिटि सदस्य रमेश धामी, हरी क्षेत्री लगायतका नेताहरुको सहभागिता थियो । अध्यक्ष, उपाध्यक्षका लागी सहमती भइसकेको छैन अन्य सदस्यहरुको नामावलीपनि टुगों लाग्न बाँकी छ ।


