काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् । एमालेको १० महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने बताएका हुन्।
ओली हाम्रो पार्टीको अध्यक्ष हो। व्यक्तिगत रूपमा मैले यहाँलाई धेरै सम्मान गर्छु । जो-जो अध्यक्षका प्रत्यासी हुन्छन् ती सबैसँग प्रतिस्पर्धा गर्छुु उनले भने। उनले हिजो भयो भनिएको विधान संसोधन प्रस्तव आफ्ना लागि नभएको बताए । हिजो भयो भनिएको विधान संसोधन प्रस्तव मेरो लागि होईन। मैले प्रस्ताब पेश नै गरेको होईनु उनले भने ।
यसै बिच नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि भोट माग्न थालेका छन्। चितवनमा पार्टीको दशौं महाधिवेशनको बन्द सत्र चलिरहँदा उनी भने भोग माग्नमै व्यस्त छन्। उनी बाहिर रहेका नेता कार्यकर्तासँग अध्यक्ष पदका लागि भोट मागिरहेका हुन्। ‘बरु मेरोमात्रै एक भोट आओस्, म अध्यक्ष पदमै उम्मेदवारी दिन्छु,’ उनले भने, ‘उम्मेदवारीबाट कुनै हालतमा पछि हट्दिन।’अझै पनि एमाले अध्यक्ष केही ओलीसहितका नेताहरु सहमतिकै प्रयासमा छन्। रावलले अडान नछाड्ने भएपछि निर्वाचन हुने सम्भावना देखिएको छ।