धनगढी : नेकपा माओवादी केन्द्र धनगढी उप महानगरपालिकाको सम्मेलन शुरु भएको छ । माओवादी केन्द्र धनगढी उप महानगर सम्मेलन आयोजक कमिटिका संयोजक तिलक सिहंको अध्यक्षतामा शुरु भएको सम्मेलनका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री मान बहादूर धामी रहेका छन् ।
देशभरीका सबै पालिका सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एकै पटक भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । उद्घाटन गर्दै प्रचण्डले सबै कार्यक्रतालाई पार्टी बलियो बनाउनतर्फ केन्द्रित हुन आग्रह गरेका छन् ।
उप महानगर सम्मेलनमा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य रमेश धामी, संबिधानसभा सदस्य खेम बम, प्रदेश कमिटि सदस्य हरी क्षेत्री, दिल बहादूर भण्डारी लगायतका नेताहरुको उपस्थिती रहेको छ । धनगढीको रिद्धी सिद्धी प्यालेसमा आयोजित उप महानगर सम्मेलनको उद्घाटन सत्र सञ्चालन माओवादी केन्द्रका युवा नेता निर्मल शाहले गरेका छन् ।