धनगढी। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिमा भीम पडाल विजयी भएका छन्। वर्तमान सचिव पडाल क्षेत्रीय सभापतिमा विजयी भएका हुन्।
उनले २९० मत पाए। सभापतिका ५ उम्मेदवारमध्ये पडालले सुरुवातदेखि नै अग्रता लिएका थिए।यस्तै सन्तोष मुडभरीले ११३, हरिप्रसाद रेग्मीले ४७, इश्वरीप्रसाद जोशीले २३ र हिरासिंह पातलीले २१ मत पाए। यस्तै अन्य पदमा पनि पडालकै टीम विजयी भएको छ।