धनगढी : जनता समाजवादी पार्टी का केन्द्रीय सदस्य सुरेन्द्र बहादुर खडायत नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
धनगढी स्थीत प्रदेश पार्टी कार्यालयमा बुधबार नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव तथा प्रदेश ईन्चार्ज गरिमा शाह र कैलाली इृन्चार्ज तथा सुदूरपश्चीम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले टीका लगाएर प्रवेश गराएका हुन ।
दार्चुलाको शैल्य शिखर नगरपालिका १ जन्मेका खडायत हाल कैलालीको चुरे गाउँपालिका वडा नं ५ मा बस्दै आएका छन् । उनले माओवादी जनयुद्ध बटालिएन कमाण्डर समेत सम्हालेका थिए । स्थानीय तहको निवार्चनमा शैल्यशिखर नगरपालिका प्रमुखमा उम्मेदवार समेत रहेका थिए ।