धनगढी। नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा कैलाली क्षेत्र नम्बर ५ बाट नृप बहादुर वड बिजयी भएका छन् । नेपाली काँग्रेसकोआसन्न १४ औ महाधिवेशनका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर ५ कैलालीबाट महाधिवेशन प्रतिनिधिमा नृप ओड सर्वाधिक मतले विजयी भएका छन् ।
यस्तै कांग्रेसमा जिल्ला सभापति हुनका लागि महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ। कैलालीमा क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा विजयी हुनेमा नर नारायण शाह (मनु)क्षितिज भण्डारी र प्रकाश देउबा महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।मंगलबार रातिदेखि महाधिवेशन प्रतिनिधिको मतगणना सुरु भएकोमा आज अन्तिम पत परिणाम सार्वजनिक भएको हो ।
जसअन्तर्गत धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड सर्बाधिक मत ३७७ सहित विजयी भएका छन् ।मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेस क्रैलालीका सभापति नर नारायण शाह मनु ३६२, क्षितिज भण्डारी ३४५, प्रकाश देउवा ३०३, डिल्लीराज पन्त २३५ , गणेश देउवा २२६,कृष्ण बहादुर महरा २१०, नारायणदत्त भट्ट २०६, उद्धव बहादुर बिष्ट १९४ र हरिश खड्का १८७ विजयी भएका छन् । महाधिबेशन प्रतिनिधिका लागि भएको निर्बाचनमा प्रत्यक्ष महिला तर्फ निपा चोखाल, २८७ डम्बरी महरा ९रक्षा० २४३, पुष्पा भट्ट २१५ र रीता बम भण्डारी २२० विजयी भईन । समावेशी, अपांगरमधेशी तर्फ धर्मराज ओझा २२४ मतले विजयी भएका हुन् ।सुचीसहित हेर्नुहोस 


