धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले माधव कुमार नेपालले नेतृत्व गरेको पार्टी नेकपा एकिकृत समाजवादी पार्टी मेरै पार्टी जस्तै भएको बताएका छन् ।
कैलाली जिल्लमा बिभिन्न कार्यक्रमलाई सम्बोधन गर्न पुगेका ‘प्रचण्ड’ ले कैलालीको भजनी नगरपालिकाको प्रशासकिय भवन उद्घाटनपछि सो कुरा बताएका हुन् ।
भजनी नगरपालिकाका मेयर शेर बहादूर चौधरीले बिभिन्न माग राख्दै अध्यक्ष ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएका थिए । सो ज्ञापनपत्रमा राखिएका मागलाई सम्बोधन गराउनका लागी केही मन्त्रालय आफ्नै पार्टीको भागमा परेको र नेकपा एकिकृत समाजवादी पार्टीको भागमा परेका मन्त्रालयबाट काम गराउन कुनै समस्या नहुने बताएका हुन् ।
अर्थ, उर्जा, सिचाई, भुमी ब्यवस्था तथा सहकारी मन्त्रालय मेरै पार्टीको भागमा छ ‘प्रचण्ड’ ले भने ‘यी क्षेत्रका माग सम्बोधन गराउन समस्या छैन अनी स्वास्थ्य, पर्यटन, सहरी बिकास मन्त्रालय एकिकृत समाजवादी पार्टीसित छ त्यो पार्टीपनि मेरै पार्टी जस्तै हो काम गराउन समस्या छैन यी समस्या सम्बोधनका लागी सम्बन्धित मन्त्रीहरुलाई निर्देशन गर्छु ।’
नेकपा एकिकृत समाजवादी पार्टी निर्माणमा मेरो महत्वपुर्ण योगदान छ त्यस कारण मेरै जस्तै पार्टी हो त्योपनि ‘प्रचण्ड’ ले भने ‘बिगतमापनि भजनी नगरपालिकाले थुप्रै माग राखेको हो केही त समाधान भए तर जती समाधान हुनुपर्ने हो भएनन् केपी ओली प्रधानमन्त्री भएका बेला झन कम भए मैले भनेका काम गरिदिएन अनी सत्ताबाटै बाहिरिनुपरेको हो ।’ उनले भने ‘अब मैले प्रधानमन्त्री या सम्बन्धित मन्त्रीहरुलाई यहाँ गर्नुपर्ने कामका लागी निर्देशन दिन्छु काम बन्छ ।’