कैलाली। कैलाली क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा बिष्णुप्रसाद ढकाल विजयी भएका छन। नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत हिजो सम्पन्न क्षेत्रीय अधिबेशनको आज विहान सार्बजनीक भएको मत गणनाको नजिता अनुसार आफ्ना निकटतम प्रतिद्धन्दी रामबहादुर बिष्टलाई पछि पादै ढकाल विजयी भएका हुन।
विजयी ढकालले १ सय ७४ मत ल्याएका छन भने रामबहादुर विष्टले १ सय ५३ मत प्राप्त गरेका जनाइएको छ । क्षेत्रीय सचिवमा रघुबिर चौधरी र बृजेश रावल विजयी भएका छन, भने सहसचिवमा अम्मरबहादुर विष्ट र हर्कराज धमाला विजयी भएका छन। महाधिबेशनमा बाट क्षेत्रीय सभापतिमा विजयी ढकाल राठौर प्यानलका हुन भने उपबिजेता विष्ट शाह प्यालका हुन । क्षेत्रीय कार्यसमितिमा समेत राठौर पक्षिय पुरै प्यालको विजयी भएको हो ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति (कैलाली -२)
सभापति १ जना
१- बिष्णुप्रसाद ढकाल १७४ मत विजयी
२- रामबहादुर बिष्ट १५३ मत
सचिव (२ जना)
१- रघुवीर चौधरी १८४ मत (विजयी)
२- बृजेश रावल १८३ मत (विजयी)
३- जुगराम चौधरी १२९ मत
४-टेकराज कठायत १२३ मत
सहसचिव (२ जना)
१-अमरबहादुर बिष्ट १९० मत (विजयी)
२- हर्कराज धमाला १८१ मत (विजयी)
३-नारायण तिमिल्सैना ११४ मत
४- सुर्यबहादुर थापा १०७ मत