कैलाली। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भनेको नमान्दा केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन ।
कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले आफूले भनेको केही काम नगर्ने ओलीले कसम खाएकाले अहिले बालुवाटार बाट बालकोट पुगेको बताए। प्रचण्डले भने, ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे। अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपुयाछ।’
उनले आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताए। उनले गठबन्धन सरकार आगामी निर्वाचनमा पनि एकता भएर अगाडी बढ्ने बताए। उनले गठबन्धन सरकारप्रति आशंका नगर्न समेत आग्रह गरे। गठबन्धन सरकार झन् बलियो बन्दै गएकाले शान्तिपूर्ण र प्रतिस्प्रर्धाको रुपमा संविधान संशशोधन र परिमार्जन गरेर अगाडी बढ्ने बताए। भजनीका बाढीपीडितलाई राहत स्वरुप प्याकेजका लागि पहल गर्ने उनले विश्वास दिलाए।


