धनगढी। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ४ को मतगणनाको नतिजालाई लिएर विवाद भएको छ । कैलालीको अत्तरिया पूर्वरोडमा रहेको मतगणनास्थल प्रतिभा पुष्तकालयमा ढुँगा प्रहार भएको छ ।
गए राती कांग्रेस कैलाली क्षेत्र नम्बर ४ मा महाधिबेशन प्रतीनिधीको मतगणनाको बिबाद हुँदा पुष्तकालयको झ्यालमा ढुँगा प्रहार गरिएको हो । प्रतिभा पुस्तकालयमा कैलाली क्षेत्र नम्बर ४ को महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिका लागि भएको मतदानको गणना भइरहेको थियो।
ढुँगा प्रहारबाट झ्यालका केही सिसा फुटेका छन । केही महाधिबेशन प्रतिनिधीको मत समान आएपछि बिबाद भएको हो । बिबाद भएपछि राती मतगणना स्थलमा झडपको स्थिती उत्पन्न भएको थियो । प्रहरीले मुचुल्का नै नउठाई लगेको भन्दै केही काँग्रेसी नेता कार्यकर्ता आक्रोशित बनेका थिए । यदपी प्रहरी ले भने मत पेटिकाको सुरक्षाको लागी लगेको बताएको छ। अहिले पनि बिबाद कायमै रहेको छ । अहिले विवाद मिलाउने बारेमा दुइ पक्षबिच छलफल भइरहेको छ । इaप्रका मालाखेतीका इन्स्पेक्टर दान ब रोकायाले विवाद मिलाउन अहिले दुवै पक्ष छलफल गरिरहेको बताए । उनले मत गणना भएको पेटि प्रहरीले सुरक्षित राखेको बताए ।