धनगढी। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका छन् । आज बिहान धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका हुन । उनले वर्तमान सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह गरेका छन् ।
यसैगरी, उनले एमसीसीको विषयमा सबैसंग सल्लाह गरेर अगाडि बढ्ने बताएका छन् । तीन तहको चुनाव एकसाथ गर्नु पर्ने प्रचण्डको जोड छ। यसो गरेमा खर्च कम हुने उनले बताए । साथै ,उनले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् । भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड कैलाली आएका हुन।उनी बुधबार अर्थात आज बिहान धनगढी आइपुगेका प्रचण्ड भजनी नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्न पूर्वी कैलाली प्रस्थान गरेका छन् । उनी यहाँ रहँदा विभिन्न ठाउँमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।


