धनगढी। कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार जिल्लाको भीमदत्त नगरपालिका -६ का अन्दाजी २८ वर्षीय महेन्द्र बोहरा पक्राउ परेका हुन्।
लागुऔषध खैरो हिरोईनको कारोबार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपरबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो । उनी २०७७ फागुन १४ गतेदेखि फरार रहेका थिए। उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपरले जनाएको छ।