धनगढी। नेपाली काँग्रेस कैलाली क्षेत्र नं ५ को (ख)प्रदेशसभा प्रतिनिधि पदमा वरिष्ठ सर्जन डाक्टर मेराज आलम अन्सारी निर्वाचित भएका छन्। नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आइृतबार भएको प्रदेशसभा प्रतिनिधि पदमा कैलाली क्षेत्र नं ५ को (ख) मा डाक्टर मेराज आलम अन्सारी बिजयी भएका हुन् ।
कैलाली क्षेत्र नं ५ को (ख)बाट डाक्टर मेराज आलम अन्सारी र रमण चन्द श्रेष्ठले प्रदेशसभा प्रतिनिधि पदका लागी उमेद्वारी दर्ता गराएका थिए । डाक्टर मेराज अन्सारीले १८३ मत पाएका थिए भने उनका प्रतिद्धन्दी रमण चन्द श्रेष्ठले ७९ मत मात्रै पाएका थिए । डाक्टर अन्सारी १ सय १२ मतले बिजयी भएका हुन् । जसमध्ये १७ मत बदर भएको जनाइएको छ। साथै डाक्टर मेराज अन्सारीले नेपाली काग्रेसको १४औं महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नं ५ को ९ख० प्रदेशसभा प्रतिनिधि पदमा आफुलाई अमूल्य मतदान गरि अत्याधिक बहुमतका साथ बिजय गराएकोमा सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गरेका छन् ।


