धनगढी। नेकपा माओवादी केन्द्र धनगढी उपमहानगरपालीकाको बैठकले मंसिर ११ गते नगर सम्मेलनकालागि विभिन्न उप समितिहरु गठन गरेको छ।
नेकपा माओवादी केन्द्र धनगढीको आज बसेको नगरको बिस्तारित बैठकले मंसिर ११ गते धनगढी उपमहानगरपालिकाको नगरसम्मेलनकालागि विभिन्न उप-समितिहरु गठन गरेको हो। पार्टीका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य रमेश धामीको प्रमुख आतिथ्यमा २०७८ मंसिर ५ गते बसेको बैठकले मंसिर ११ गते धनगढीमा प्रथम अधिबेशन गर्ने निर्णय गरेको छ। धनगढीस्थीत सेतोपुलमा ११ बजे मारवाडीहलमा हुने जनाइएको छ ।
यस्तै आयोजक,प्रतिनिधि, प्रर्यवेछ्कगरि ५०० जना सहभागी गर्ने निर्णय गरेको छ। जस अनुसार विभिन्न उप समितिहरु गठन गरिएको माओवादी केन्द्र पार्टीका जिल्ला कमिटी सदस्य रमेश प्रसाद भट्टराईले जानकारी दिए। जस अनुसार आर्थिक उप-समिति सयोजकमा निर्मल शाह, प्रचार तथा प्रसार उप समितिमा रमेश भट्टराई, मन्च व्यवस्थापन उप समिति उप समिति सयोजक रमेश भट्टराई, प्रतिबेदन लेखन उप समिति सयोजकमा निर्मल शाह,स्वमसेबक उप समिति सयोजकमा सुरज खातीलाई जिम्मेवारी दिइएको छ । समाजवादको आधार तयार गर्न जुझारु प्रगतिशिल र क्रान्तिकारी पार्टि निर्माणका लागी नेकपा माओवादी केन्द्र धनगढी उपमहानगरपालीका कमिटीको प्रथम अधिवेशन सफल पारौँ भन्ने नारा सहित धनगढीमा प्रथम अधिवेशन हुन लागेको जनाइएको छ ।