कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोली र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले भिमदत्त नगरपालिका वडा नम्बर ४ बाट भन्सार छलिका अवैध सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भिमदत्त नगरपालिका वडा नम्बर ४ मा भारतबाट भन्सार चोरी पैठारी गरी ल्याइएको ३२ हजार ५ सय मुल्य बराबरका १ सय किलो चरीको बिउ र २ सय ५० किलो चिनी बरामद गरीएको छ। बरामद गरिएको सामान आवश्यक कानुनी कार्वाहीकालागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


