काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन् । सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले पनि त्यही नारा लगाएका छन् । २ मंसिरको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।यसअघि सर्वोच्च परिसरमा प्रदर्शन गरेर नेपाल बार एशोसिएसनको परिसरमा कोणसभा गर्दै आएका कानून व्यवसायीले आइतबार भने सर्वोच्च प्राङ्गणमै कोणसभा गरेका छन् ।