धनगढी। नेकपा माओवादी केन्द्र धनगढी उपमहानगरपालिका वडा न ८ को प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र धनगढी ८ को प्रथम वडा अधिबेशनबाट अध्यक्षमा बिश्वजित चौधरी सर्बसम्मत निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्षमा थेवु कुमारी सुनार, यस्तै सचिबमा तारा श्रीपाईली, उप सचिबमा बलराम पाठक, कोषाध्यक्षमा शान्ति सिँह निर्वाचित भएका छन्।
माओवादी केन्द्रका युवा नेता डम्बर भट्टराइको प्रमुख आतिथ्यतामा आयोजित भेलामाभागिराम चौधरी, कृष्ण चौधरी, राम बहादुर थारु, निकीता गिरी लगायत सदस्य रहेका छन् । धनगढी उपमहानगरपालिका वडा न ८ को प्रथम वडा अधिबेशनमा अतिथि बिर बहादुर गौतम, अनिल बि सि लगायत नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।