धनगढी। धनगढीमा “म हिड्छु,मेरो प्रदेश हिड्छ” अभियानको शुभारम्भ गरिएको छ । सुदूरपश्चिम सरकार,सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दीपायल र स्वास्थ्य कार्यालय कैलालीको आयोजनातथा फारवेस्टर्न राईडरर्सको समन्वयमा म हिड्छु मेरो प्रदेश हिड्छ अभियानको सुरुवात गरिएको हो।
नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारको लोकप्रिय कार्यक्रम अन्तर्गत म हिड्छु मेरो प्रदेश हिड्छू अभियानको शुभारम्भ गरिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। म स्वस्थ मेरो प्रदेश स्वथ्य, स्वस्थ जीवनका लागि साईक्लिङ्ग भन्ने नाराका साथ सो अभियान धनगढीको पार्कमोडबाट शुरु गरिएको हो । “म हिड्छु,मेरो प्रदेश हिड्छ” अभियानको एक कार्यक्रमका बिच सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले उद्धघाटन गरेका हुन्।
सामाजिक विकास मन्त्री खड्काले स्वास्थ्यका लागी स्वस्थ रहन पहिलो प्राथमिकता रहेको बताए । यस्का साथै मानिसको स्वास्थ्य ठिक राख्न साईक्लिङ्ग गर्न र बातावरणीय हिसाबले पनी साईक्लिङ्ग गर्न राम्रो उपयुक्त हुने बताए । यो अभियानले सबैलाई सचेतना फैलाउने मद्धत पुग्ने उनले बताए। स्वासप्रस्वास रोग, आहारबिहार, ब्यायाम नगर्दा मानिसमा बिभिन्न नसर्ने रोगका बिरामी बढ्दै गइरहेकोले मानिसले बिहान समयमै उठ्ने, नियमित ब्यायाम गर्ने, हिडडुलगर्ने र आहारबिहारमा बिशेष ध्यान दिनुपर्ने स्वास्थ्य कर्मीले बताएका छन् । यस्तै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले नसर्ने रोगको जोखिम न्यूनीकरण कार्यक्रम अन्तरगत यो अभियान सुरु गरिएको जानकारी दिए। उनले पहिला आफु स्वस्थ भएपछि मात्रै देश स्वस्थ बताए । यस्का लागी नियमीत साईक्लिङ्ग गर्ने, तथा ब्यायाम गर्ने सुझाब दिएका छन् । साथै कार्यक्रममा उपस्थित जनाउने सम्पुर्णमा धन्यवाद गरे ।


