धनगढी। धनगढी २ को पुरानो भन्सार रोडमा रहेको एक पसलमा दिउँसै चोरी भएको छ। धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा रहेको दिदीबहिनी कलेक्सनबाट एक जना महिलाले चोरी गरेको सीसीटिभी क्यामेराको फूटेजमा कैद भएको छ।
पसल सञ्चालक समीक्षा बमका अनुसार मंसिर १ गते अपरान्ह ३ बजेतिर आफ्नो फेन्सी पसलबाट एक लाख नगदसहित केही महत्त्वपूर्ण कागजात चोरी भएको बताइन्। एक महिलाले रकम राखेको ब्याग नै चोरेर फरार भएको उनले बताइन्। उनले ‘पसलमा राखेको ब्यागमा १ लाख रुपैयाँ खोज्दाखोज्दै नभेटेपछि सीसीटिभी क्यामेराको फूटेज हेर्दा उक्त महिलाले चोरेर लगेको बताईन्।
म बाहिर गएको मौका छोपेर महिलाले त्यो ब्यागसहित रुपैयाँ चोरेको भिडिओ कैद भएको छ,उनले भनिन्।’ सीसीटिभी फूटेजमा देखिएकी महिलालाई चिन्न नसकेकाले उनलाई चिन्नेले प्रहरीलाई जानकारी गराइदिन बमले आग्रह गरेकी छिन्। चोरी भएको पत्तो पाएपछि प्रहरीमा निवेदन दिएको उनले बताइन्। जिल्ला प्रहरी कार्यालय कैलालीले उनको निवेदनपछि अनुसन्धान सुरु गरेको जनाएको छ।सीसीटिभी क्यामेराको फूटेज यहाँ तल हेर्नुहोस