धनगढी। धनगढी उपमहानगरपालिका २ मा एक जना बालक मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ शिखर टोलमा बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ का बहादुर रोकायाका १० वर्षीय छोरा निशान रोकाया बिहीवार साझँ मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार निशान सौतेनी आमा माघी रोकायासँग वडा नम्बर २ को रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए। निशान कोठाभित्रै मृत फेला परेका हुन्। उनकी आफ्नी आमा र बुवा बहादुर भने भारतमा छन्। माघी रोकाया बहादुरकी जेठी श्रीमती हुन्।
यता स्थानीयले बालकको हत्या भएको बताएका छन्। उनको केहि केही दिन अगाडि नै मृत्यु भएको हुन सक्ने प्रहरी उपरीक्षक अधिकारीले बताए। गत कार्तिक ३० गतेदेखि सम्पर्कमा नआएपछि आफन्तलाई खोजी गर्न पठाएपछी बालक कोठामा मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक अधिकारीले बताए । फरार रहेकाहरुको खोजीकार्य भैरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।