धनगढी। नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालीका निर्वाचन समितीसँग अभिमुखीकरण कार्यक्रम गरेको छ । वडा देखी केन्द्रसम्मको अधिवेशनको कार्य तिब्र रुपमा अगाडी बढाइरहेको नेकपा माओवादी केन्द्रले अधिवेशनकालागी धनगढी उपमहानगरपालीकामा आज निर्वाचन समितीसँग अभिमुखीकरण कार्यक्रम गरेको हो।
नेकपा माओवादी केन्द्रले मंसिर ४ गते धनगढी उपमहानगरपालीकाका १९ वटै वडा र कैलालीका १२६ वटै वडामा एकैसाथ वडा अधिवेशन गर्ने तयारी गरेको छ। वडा अधिवेशन गर्ने तयारीकालागी माओवादी केन्द्रले धनगढी उपमहानगरपालीका निर्वाचन समितीको अभिमुखीकरण कार्यक्रम गरेको नेकपा माओवादी केन्द्र पार्टी जिल्ला कमिटी सदस्य रमेश प्रसाद भट्टराईले जानकारी दिए। निर्वाचन समितीको अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथी समेत रहेका भट्टराईले पहिलोपटक निर्वाचन आयोग गठन गरीएको र सबै कमिटीको निर्वाचन प्रक्रिया मार्फत निर्वाचन गरीने उनले जानकारी दिए ।
उनले भने,-निर्वाचन प्रक्रिया मार्फत वडा अधिवेशन गरिदा सबैको स्वामित्व,भावना, मत समिटिने र पार्टिमा रहेको भ्रम दुबिधा हट्ने हुँदा सबै कमिटीलाई निर्वाचन मार्फत समेटेर लैजाँदा पार्टि बलियो, सशक्त बन्ने बताए । उनले थपे-वडा सम्मेलन निर्वाचन र सहमतीको आधारमा हुने उनले जानकारी दिए । यस्तै सुदुरपश्चिम प्रदेशको एकमात्र धनगढी उपमहानगरपालीकाका १९ वटै वडा र कैलाली जिल्लाका १२६ वडाका प्रत्येक वडामा १ जना वडा निर्वाचन संयोजक र २ जना सदस्य रहनेगरी निर्वाचन आयोग कमिटी गठन गरिएको छ। धनगढी उपमहानगरपालीकामा ३५ जना वडा कमिटी छन् । ति कमिटी मध्ये कुल १० प्रतिशत मनोनित हुने र बाँकी प्रतिशत निर्वाचन प्रक्रियाबाट मनोनित हुने प्रावधान बनाइएको छ उनले भने। नेकपा माओवादी केन्द्रले मंसिर ४ सम्पुर्ण वडा सम्मेलन,मंसिर ११ गते नगर तथा पालीका सम्मेलन,मंसिर २५ गते प्रदेश सम्मेलन तथा पुष ११ देखी १३ गतेसम्म राष्टिय सम्मेलन गर्दैछ।