धनगढी। बार एशोसिएशन कैलालीले लगातार पाँचौँ दिन पनि कैलाली जिल्ला अदालत अगाडि धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कात्तिक २८ गतेबाट धर्ना दिँदै आएका कानुन व्यवसायीहरूले बिहीबार पनि कैलाली जिल्ला अदालत अगाडि कालो पट्टी बाँधेर धर्ना दिएका हुन ।
न्यायपालिकाको सुद्धिकरण र प्रधानन्यायाधीशको राजीनामाको सम्बन्धमा नेपाल बार एशोसिएशनको विरोध कार्यक्रमलाई ऐक्यबद्धता सहित कैलाली अदालत अगाडि आज पाँचौँ दिन पनि कालो पट्टी बाँधेर धर्ना दिइएको कैलाली बारका अध्यक्ष सिद्धराज ओझाले जानकारी दिए ।
न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीशले राजीनामा देऊ भन्दै हातमा कालोपट्टी बाँधेर कानुन व्यवसायीहरु पाँच दिनदेखि लगातार एक घण्टा कालो पट्टीसहित धर्ना दिँदै आएका छन् ।