धनगढी।नेपाली काँग्रेसको धनगढी नगर अधिवेशनबाट सभापतिमा यज्ञराज उपाध्याय निर्बिरोध चयन भएका छन् ।
आज बिहीवार विहान ८ बजेदेखि भएको धनगढी नगर अधिवेशनबाट नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका कार्यसमितिको सभापतिमा उपाध्याय निर्बिरोध चयन भएका हुन् । कैलाली काँग्रेसका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले आज भएको अधिवेशनमा सभापतिमा उपाध्यायबाहेक कसैले पनि मनोनयम दर्ता नगरेपछि उनी सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन्।
नगर सभापतिका लागि निर्माण ब्यबसायी संघ कैलालीका अध्यक्ष समेत रहेका यज्ञराज उपाध्याय र रुपेश स्वारले उम्देबारी दिएका थिए । नेपाल विद्यार्थी संघबाट नेपाल काँग्रेसको राजनीतिमा उपाध्याय सक्रिय भएका थिए ।