धनगढी। धनगढी १ का निर्वाचित कमिटीलाई प्रमाणपत्र वितरण गरिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेसको वडा अधिवेशनबाट निर्वाचित कमिटीलाई प्रमाणपत्र वितरण तथा बधाई शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो। नेपाली कांग्रेस पार्टी कार्यालय वि पी स्मृति भवनमा आयोजित उक्त कार्यक्रममा आज दिंउसो ३ बजे निर्वाचन कमिटीले प्रमाणपत्र वितरण गरेको हो। साथै धनगढी उप महानगरपालिका वडा-न. १ को वडा अधिबेशनबाट निर्वाचन कार्यसमितिहरुले एक अर्कोमा शुभकामना आदान प्रदान गरेका थिए।
शनिवार धनगढी उप महानगरपालिका- १ को वडा अधिवेशनबाट वडा सभापतिमा प्रकाश बिस्ट चयन भएका थिए । यस्तै महिला खुल्ला तर्फबाट क्षेत्रिय प्रतिनिधीमा जागृती बोगटी निर्विरोध निर्वाचित सहित वडा समिति तथा क्षेत्रिय समितिको पुरै महिलाटीम निर्विरोध निर्वाचित भएका हुन्।
कार्यसमिति ३२ जना तथा क्षेत्रिय प्रतिनिधिबाट ३८ जना विभिन्न कलस्टरबाट सबै महिला सहित क्षेत्रिय प्रतिनिधि निर्विरोध निर्वाचित भएका थिए । यस्तै निर्वाचित प्रणालीबाट १४ जना पुरुष क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएको छन्। शुभकामना ब्यक्त गर्दै क्षेत्रिय प्रतिनिधी जागृती बोगटीले महिला खुल्ला तर्फबाट नेपाली काँग्रेसको क्षेत्रिय प्रतिनिधीमा निर्विरोध निर्वाचित गराउनु हुने नेपाली काँग्रेसका सम्पूर्ण क्रियासिल सदस्यहरुलाई हार्दिक बधाई, कृतज्ञता सहित सफलताको शुभकामना दिएकी छिन्।