धनगढी। गोदावरी नगरपालिकामा काँग्रेसका नगरसभापती र सचिब आफ्नै वडामा पराजित भएका छन । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत कैलालीको गोदावरी नगरपालिकामा शनिबार भएको निर्वाचनमा नगरसभापति र नगरसचिव पराजित भएका हुन ।
वडा नं.१ बाट क्षेत्रिय प्रतिनिधिमा उम्मेदवारी दिएका कांग्रेसका नगरसभापति हेमप्रकाश उप्रेती र नगरसचिव तेज खड्का वडामा नै पराजित भएका हुन । नगरसभापति उप्रेतीले ९१ मत प्राप्त गरेका थिए भने खड्काले ११३ मत प्राप्त गरेका थिए । उक्त वडामा काँग्रेसका झन्डै ३ सय कृयाशिल सदस्य रहेका थिए ।
एक नम्बर वडामा कांग्रेसको दुई समुह प्यानल बनाएर चुनावमा होमिएका थिए । वडामा शिवराज जोशी नेत्रित्वको पुरै प्यानलले जितेको छ । सोही समुहका उम्मेदारहरु क्षेत्रिय प्रतिनिधी र नगर प्रतिनिधीमा बिजयी भएका छन । जोशी इतर समुहबाट क्षेत्रिय प्रतिनिधीमा लोकराज पाण्डेले मात्रै जित हाँसिल गरेका छन ।


