धनगढी। दलित मुक्ति मोर्चा नेपालले पाँचौं राष्ट्रिय सम्मेलन धनगढीमा आज गर्ने भएको छ। धनगढीको खुलामञ्चमा आज दलित मुक्ति मोर्चा नेपालले पाँचौं राष्ट्रिय सम्मेलनको तयारी भैरहेको जनाएको छ । अहिले १२ बजे देखी धनगढी चौराह देखी खुलामञ्चसम्म बाजागाजा, झाँकी, र र्याली निकालीने कार्यक्रम रहेको जनाइएको छ । सम्मेलनको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आज साढे १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
दलित मुक्ति मोर्चा नेपालले कार्तिक २७ देखि २९ गतेसम्म कैलालीको धनगढीमा पाँचौं सम्मेलन हुने बारे पत्रकार सम्मेलन गर्दै जानकारी दिइसकेको छ । सम्मेलन ‘सामाजिक दलाल पूँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन १ वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँचौं राष्ट्रिय सम्मेलन ११’ भन्ने मूल नाराका साथ यही कार्तिक २७, २८ र २९ गते आयोजना हुन लागेको हो। सम्मेलनमा देशका ७७ वटै जिल्ला र भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक गरि करिव ३ सय ५० जनाको उपस्थिति हुने जनाइएको छ।
त्यस्तै सम्मेलनमा विभिन्न राजनीतिक पार्टी निकट मित्र दलित संघ–सङ्गठनहरु र भारतीय दलित मित्र सङ्गठन, नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठन र मोर्चाहरुलाई उद्घाटनमा आतिथ्यताका लागि निमन्त्रणा गरिएको आयोजक दलित मुक्ति मोर्चा नेपालले जनाएको छ। मोर्चाको आसन्न पाँचौं राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न आ आफ्नो ठाँउबाट साथ र सहयोग गर्न सम्पूर्ण देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थी, कम्युनिष्ट क्रान्तिकारी, बुद्धिजीवी, नागरिक समाज, पत्रकार एवं एवं न्याय र समानताका पक्षधर आम जनसमुदायमा हार्दिक आह्वान समेत गरिएको जनाएको छ।