धनगढी। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष विनोदकुमार जोशीको निधन भएको छ । ५४ वर्षको उमेरमा शुक्रवार बिहान काठमाडौंस्थित केएमसी अस्पतालमा निधन भएको हो।
डडेल्धुराको अमरगढी नगरपालिका-८ टाटरका स्थायी बासिन्दा जोशीको हृदयघातबाट निधन भएको पारिवारीक स्रोतले जनाएको छ। उनलाई बुधवार अस्पताल भर्ना गरिएको थियो। आजै काठमाडौंको आर्यघाटमा दाहसंस्कार गरिनेछ। डडेल्धुराकै पहिलो सुविधा सम्पन्न रातो गुरास रिर्सोटका सञ्चालकसमेत रहेका जोशीले करिब २५ वर्षसम्म विश्व खाद्य कार्यक्रममा काम गरेका थिए।

